२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्युपछि तनाव


0
Shares

गत शनिबार प्रसूतिका लागि अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्युको अस्पतालले जनाएको छ ।

प्रसूति व्यथा नै नलागी चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ । महिलाको मृत्यु भएपछि आफन्तले शव बुझ्नसमेत अस्वीकार गरेका छन् ।

मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी नदिएपछि मंगलबार अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणका लागि प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ ।