काठमाडौं, कात्तिक २८ । होटल संघ नेपालले भारतको बैंग्लोरमा नेपाल प्रवर्धन कार्यक्रम गर्ने भएको छ ।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुुलुक भारतको बैंग्लोरमा नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली दूतावास तथा बैंग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
यही नोभेम्बर १९ मा नेपाल प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिने होटल संघ नेपालका अध्यक्ष तथा टोली नेता अमरमान शाक्यले जानकारी गराए ।
पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरुको संख्या बढ्दै गएको र यसलाई अझ बढाउन सकिने भएकाले त्यहाँका प्रतिष्ठित ट्राभल तथा टुर अपरेटरहरुसँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवर्धनात्मक कार्यक्रम आयोजना गरिने संघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्