२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाल भ्रमणले दुई मुलुकको सम्बन्ध बलियो बनाउने मोदीको विश्वास


0
Shares

नेपाल भ्रमणको पूर्वसन्ध्यामा बिहीबार ट्वीटरमा उनले आपसी फाइदा, सद्भाव र समझदारीको आधारमा नेपालसँगको जनताकेन्द्रित साझेदारीलाई भ्रमणले थप बलियो पार्ने उल्लेख गरेका हुन् ।

प्रधानमन्त्रीकारूपमा तेस्रोपटक नेपालको भ्रमण गर्न लागेको उल्लेख गर्दै मोदीले यसबाट नेपालप्रति भारतले देखाएको उच्च प्राथमिकता झल्कने बताएका छन् ।

यस्ताखाले उच्चस्तरीय र नियमित कुराकानीले ‘छिमेक पहिलो’ भन्ने आफ्नो सरकारको प्रतिबद्धता दर्शाउने पनि मोदीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच नयाँदिल्लीमा भएको वार्तालाई अगाडि लैजान आफ्नो भ्रमणले मौका दिनेसमेत मोदीको भनाइ रहेको छ ।

आफू जनकपुर र मुक्तिनाथ दर्शनमा पनि जाने उल्लेख गर्दै उनले दुई देशबीच परम्परागत, सांस्कृतिक एवं धार्मिक सम्बन्ध पनि उदाहरणीय रहेको उल्लेख गरेका छन् ।

उनले नेपाल लोकतन्त्रको उपलब्धि संस्थागत गर्ने र तीव्र आर्थिक वृद्धि तथा विकास हासिल गर्ने युगमा प्रवेश गरेको भन्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपालको अभियान कार्यान्वयन गर्न भारत विश्वासिलो सहयात्री बन्ने प्रतिबद्धता पनि जनाएका छन् ।