१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


जनकपुरका लागि दिल्लीबाट प्रस्थान गरे नरेन्द्र मोदी


0
Shares

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका लागि नयाँ दिल्लीबाट जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मोदी जनकपुरतर्फ प्रस्थान गरेको जानकारी ट्वीटरमार्फत दिएका हुन् ।

मोदी नयाँ दिल्लीबाट पटना हुँदै जनकपुर आउनेछन् ।

जनकपुरमा उनले जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ । उनलाई आजै जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिउँसो उनी जनकपुरबाट काठमाडौं आउने छन् ।