Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


दुई तेक्वान्दो संघलाई मिल्न सातदिने समयसीमा


0
Shares

काठमाडौं, कात्तिक २८ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले समान हैसियत र अस्तित्व दाबी गर्दै आएका दुई तेक्वान्दो संघलाई मिलेर जान सातदिने समयसीमा तोकेको छ ।

परिषदका सदस्यसचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई पत्राचार गर्दै विवाद समाधानको निर्देशन दिएका हुन् ।

नेपालमा अहिले दुईओटा तेक्वान्दो संघ अस्तित्वमा छन् । विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाशशमसेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले अलग–अलग ढंगले खेलकुद गतिविध गरिरहेका छन् ।

यी दुई संघको विवाद हालै इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदको तयारीमासमेत देखिएको थियो ।

यही विवाद अन्त्य गर्न दुई संघलाई आफैं सक्रियता देखाउन परिषदले सयमसीमा तोकेको हो ।

दुई साताअघि नुवाकोटको ककनीमा बसेको खेलकुद परिषदको बोर्ड बैठकको निर्णयअनुसार मंगलबार पत्र पठाइएको हो ।

तेक्वान्दो संघको विवादले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता एवं प्रदर्शन प्रभावित हुँदै गएको छ ।