२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न निधिको माग


0
Shares

काठमाडौं, वैशाख २९ । भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् ।

आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गरेका छन् ।

आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।

आजादको अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले ट्वीट गर्दै कडा आपत्ति जनाएका हुन् । ‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’ निधिले ट्वीटमा भनेका छन् ।

भारतीय सांसद आजादको सोच दुबै देशको अखण्डताका लागि खतरा भएको पनि उनले प्रष्ट पारेका छन् ।