Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतः मोदी


0
Shares

काठमाडौं, बैशाख २९ । ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो ।’

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा ती शब्द कोर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे ।

आगन्तुक पुस्तिकामा उहाँले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिएका छन् ।

भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रशन्न रहेको उनले आगन्तुक पुस्तिकामा लेखेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी यसअघि २०७१ साल साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनका लागि आउका थिए । रासस