२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौं सडक किनारका पोलमा तारका ‘पोकैपोका’(हेर्नुहोस भिडियो)


0
Shares

नारायणी लामिछाने/राजेन्द्र नापित(ईमेज):
काठमाडौं, बैशाख २९ । उपत्यकामा छरपष्ट लत्रिएका तारहरुको व्यवस्थापन नगर्दा काठमाडौं कुरुप बनेको छ ।

शहरी सौन्दर्य र वातावरण बिगार्दै अव्यस्थित तार जताततै पोकैपोकामा झुण्ड्याइएको छ ।

महानगरलाई व्यवस्थित बनाउने प्रयासमाथि उपत्यकाका सडकको दायाँबायाँमा यसरी तुन्द्रुङ्ग झुण्डिरहेका र लत्रिएका तार बाधक बनेको हो ।

उपत्यकाका विभिन्न ठाउँमा तारका यस्तै पोका प्रदर्शन गरिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको मौकामा केही स्थान सुग्घर बन्ने अवसर पायो तर यी तारको व्यवस्थापनमा भने कसैको ध्यान गएको छैन ।

उपत्यकाका मुख्य स्थान बानेश्वर, रत्नपार्क, चाबहिललगायत चोक हुन् वा बाहिरी र भित्री शहरका सडक र चोकको दायाँबायाँ सबैतिर तुर्लुङ्ग झुण्ड्याइएका छन् ।

तार अव्यवस्थित हुँदा एकातिर शहरको सौन्दर्य बिग्रेको छ भने अर्काेतिर दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

कतिपय स्थानमा त आकाशको दृृष्यसमेत छेकिएका छन् । आकाशतिर आँखा डुलाउँदा तार नै तारले भरिएको दृष्य देखिन्छ ।

प्रतिदिन टोली खटाएर तार हटाउने काम गरिरहेकोे दावी महानगरको छ तर अव्यवस्था उस्तै छ ।

प्राथमिकतापूर्वक तार हटाउन थालिएको महानगरले बताएपनि काम हेर्दा यो न चुस्त देखिन्छ न व्यवस्थित ।

भिडियो