२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आयुस शाक्य बने उत्कृष्ट सांस्कृतिक फोटोग्राफर


0
Shares

भक्तपुर, बैशाख २९ । भक्तपुरको मध्यपुर थिमिमा एक समारोहकाबीच आयुस शाक्यलाई उत्कृष्ट सांस्कृतिक फोटोग्राफर घोषणा गरिएको छ ।

रोटरी क्लब अन्तर्गतको रोट¥याक्ट मध्यपुर शाखाले शाक्यलाई उत्कृष्ट घोषणा गरी प्रोत्साहन स्वरुप फोटोग्राफी सम्बन्धिका विभिन्न सामग्री उपलब्ध गराएको छ ।

तीन दर्जन मध्ये राजु महर्जनको दोस्रो र कपिल चन्द्र पालको तस्बिर तेस्रो भएको हो ।

संस्थाले प्रत्येक वर्ष मध्यपुरमा बिस्का जात्राको सन्दर्भमा तस्बिर प्रतियोगिता र प्रदर्शनी गर्दै आएको छ । यस वर्षको तस्बिर प्रतियोगिता र प्रदर्शनी चौंथो हो ।

“विशेषगरी संस्कृति प्रबद्र्धनको उद्देश्यले हामीले केहि वर्ष यतादेखि तस्बिर प्रतियोगिता र प्रदर्शनीलाई निरन्तरता दिएका छौं ।” आयोजक संस्थाका अध्यक्ष चन्द्र चक्रधरले बताए ।

अहिले मध्यपुरमा सीमित गरी आयोजित कार्यक्रमलाई काठमाडौं, ललितपुर तथा अन्य जिल्लामा गर्ने योजना विषयमा उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी भक्तपुर क्षेत्र २ का प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठले फोटोग्राफीमार्फत कला, संस्कृति तथा महत्वपूर्ण दस्तावेज कैद गरी पुस्तान्तरण गर्न सकिनेमा जोड दिए ।

तस्बिरले धेरै सन्दर्भलाई उजागर गर्ने भएर संस्कृति प्रबद्र्धनमा लाग्ने फोटोग्राफरलाई सहयोग गर्न इच्छुक भएको उहाँको भनाई थियो ।

प्रदेशस्तरमा बनाउनु पर्ने योजनाको लागि सांस्कृतिक अवस्थाको विषयमा तस्बिरमार्फत सुझाव दिन समेत सांसद श्रेष्ठले अपील गरे ।

संस्थाले तस्बिरमार्फत सांस्कृतिक पक्ष बाहेक कला, संस्कार तथा सम्पदाजन्य सम्पत्तिको अवस्थालाई प्रचार गर्दै आएको छ ।

सभ्य समाजको आधारजन्य गतिविधि तथा अवस्थालाई ध्यान दिन सके आन्तरिक पर्यटनको विकास गरी स्थानियस्तरमा रोजगारी सिर्जना गर्न सकिन्छ ।

मध्यपुरको गुङ्गचिवाः टोलमा गरिएको तस्बिर प्रदर्शनीमा फोटोग्राफी सम्बन्धित व्यक्तित्व, पत्रकार, समाजसेवी तथा स्थानियहरुको उलेख्य सहभागिता थियो ।