काठमाडौं । विश्वकै चर्चित फुटबल प्रतियोगिता इङ्लिस प्रिमियर लिगले पहिलो पटक महिला कार्यकारी पाउने भएको छ ।
प्रिमियर लिगका हालका प्रमुख कार्यकारी रिचार्ड स्कुडामोरले यही डिसेम्बरमा अवकास लिएपछि जनवरी २०१९ देखि सुजान डिन्नेजले प्रमुख कार्यकारीको जिम्मेवारी समाल्नेछिन् ।
प्रिमियर लिग फुटबलको इतिहासमा महिलाले प्रमुख कार्यकारी जिम्मेवारी समाल्न लागेको यो पहिलो अवसर हो ।
५९ वर्षिया सुजान यसअघि डिस्कभरी नेटवर्कको एनिमल प्लानेट च्यानलकी ग्लोबल अध्यक्ष थिइन् ।
ब्रोडकास्ट जगतमा ख्याती कमाएकी सुजानले प्रिमियर लिग जस्तो प्रतिष्ठिन प्रतियोगिता हाँक्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताएकी छन् ।
प्रिमियर लिगको मुख्य कार्यकारी पदमा नियुक्तिका लागि मनोयन गर्ने समितिका संयोजक एवं चेल्सी फुटबल क्लबका अध्यक्ष ब्रुस बकले सुजान जस्तो क्षमतावान व्यक्तिको नियुक्तिले प्रिमियर लिगलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् ।
प्रिमियर लिग फुटबल विश्वकै धनी प्रतियोगिता मानिन्छ ।
सुजानको कार्यकालमा प्रिमियर लिगले टेलिभिजन अधिकारबाट मात्रै कम्तिमा साँढे १० अर्ब डलरको कारोबार गर्ने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्