१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्यूठानमा भएको बस दुर्घटनाका मृतकको सनाखत


0
Shares

प्यूठान, वैशाख ३० । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्युठान तर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस आज विहान प्यूठानको शर्मारानी गाउँपालिका वडा नं. ४ बडडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परी ज्यान गुमाउनेमा गौमुखी गाउँपालिका वडा नं. २ निवासी हिरा टमाटा, गौमुखी गाउँपालिका वडा नं. ३ का हरि मल्ल, प्युठान नगरपालिका वडा नं. २ बस्ने सविता शर्मा, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ निवासी सरिता चन्द गिरी र कैलाली जिल्लाको चौमाला गाउँपालिका वडा नं. ९ का विरु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल विजुवारमा दुईजनाको मात्रै उपचार भइरहेको छ । प्यूठानका प्रहरी प्रमुख राजेन्द्रप्रसाद पोखरेलले दशजना गम्भीर घाइतेको बुटवलमा र तीन जनालाई बाँकेको कोहलपुरमा थप उपचारका लागि रिफर गरिएको जानकारी दिए ।
१४ जना उपचार पछि घर फर्किएका छन् ।