Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश


0
Shares

काठमाडौं, वैशाख ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश गरेका छन् ।

जोशीको ९९औं जन्मोत्सवमा अवसरमा नई प्रकाशनले उनको सम्मानमा आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा संस्कृतिविद् मोदनाथ प्रश्रित र पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले जोशीलाई सम्मान गरे । कार्यक्रममा नेपाली भाषा, साहित्य, कला, समाजसेवा, ज्ञानविज्ञान लगायतका क्षेत्रमा योगदान पु¥याउँदै आएका विभिन्न व्यक्तित्वहरुलाईसमेत पुरस्कृत गरिएको थियो ।

पूर्वीय वाङ्मयमा विद्यावारिधि गर्ने जर्मन नागरिक मानफ्रेद गेहार्द थ्रोई, भरत जंगम, विश्व बल्लम, किरण खरेल, बेणीमाधव ढकाल, धु्रबचन्द्र गौतम, डा. महेश्वर शर्मा, कृष्णदेवी शर्मा श्रेष्ठ, रेवती कर्माचार्य लगायतलाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई जनही ५ हजार रुपैयाँदेखि ३ लाखसम्म प्रदान गरिएका थियो ।

Skip This