Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


अदुवाले उचित मूल्य पाएपछि किसान उत्साहित


0
Shares

इलाम । इलाममा उत्पादित अदुवाले उचित मूल्य पाएपछि किसान खुुशी भएका छन् ।

गतवर्षको तुलनामा यो वर्ष अदुवाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएपछि किसान खुशी भएका हुन् ।

गतवर्ष प्रतिमन ५ सयदेखि १ हजार रुपैयाँमा अदुवा बिक्री गर्न बाध्य भएका किसानले यस वर्ष प्रतिमन ३ हजार रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

अदुवा निकासीमा समस्या आउँदा गतवर्ष मूल्य निकै घटेको थियो ।

तर यस वर्ष भारतमा अदुवा निकासी गर्न सहज भएकाले मूल्य पनि बढी पाएको किसानहरु बताउँछन् ।

गत वर्ष अदुवा निकासीमा समस्या भएपछि यो वर्ष किसानले अदुवाको खेती भने कम गरेका थिए ।

उत्पादन कम हुनु, भारत निकासी सहज हुनुले सिजनको सुरुबाटै मूल्यमा सुधार आएको हो ।

इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, साविक नाम्सालिङ, बरबोटे, सोयाङ, सोयाक, धुसेनी, गजुरमुखी, गोदक, साखेजुङलगायतका गाविसमा प्रशस्त अदुवा उत्पादन हुन्छ ।

इलाममा ३ हजार २ सय ३३ हेक्टर जमिनमा अदुवा खेती गरिँदै आएको तथ्यांक छ ।