Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सरकारी ढुकुटीमा २०१ अर्ब ४५ करोड नगद थन्कियो


0
Shares

काठमाडौं, कात्तिक २७ । नगद प्रवाहमा आधारित सरकारी बजेट उच्च बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनामा नगद प्रवाहमा आधारित सरकारको बजेट ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको जनाइएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा १९ अर्ब १८ करोड बचतमा थियो ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ६६ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ७२ अर्ब ३८ करोड रहेको थियो ।

समीक्षा अवधिमा चालू खर्च ६१ अर्ब ५१ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ७० अर्ब २६ करोड रहेको थियो ।

समीक्षा अवधिमा ४ अर्ब १४ करोड पुँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ५५ करोड भएको थियो ।

समीक्षा अवधिमा कुल राजस्व संकलन ३४ प्रतिशतले वृद्धि भइ ११९ अर्ब २० करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १० प्रतिशतले वृद्धि भइ ८८ अर्ब ७९ करोड पुगेको थियो ।

२०७५ भदौ मसान्तमा सरकारी ढुकुटीमा २०१ अर्ब ४५ करोड रुपैयाँ नगद मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रमा तरलता संकट देखिनुमा पनि सरकारी ढुकुटीमा अधिक नगद थन्किनु एउटा महत्वपूर्ण कारण मानिन्छ ।