काठमाडौं, कात्तिक २७ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजारमा मंगलबार भने सुधार आयो ।
बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १२ सय ७ पुग्यो ।
वित्त समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह उकालो लागे । जीवनबिमा समूह ७७ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूहमा पनि ७५ अंकको वृद्धि आयो । होटल समूह ३६ अंकले बढ्यो । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५० कम्पनीका ६ लाख ५५ हजार कित्ता सेयर १७ करोड ४२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्