काठमाडौं, कात्तिक २७ । चीनले भूकम्पबाट प्रभावित सम्पदाको पुनःनिर्माणमा चासो देखाएको छ ।
नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटनमन्त्री लुओ सुगाङले उनका नेपाली समकक्षी रवीन्द्र अधिकारीसितको भेटमा सम्पदा पुनःनिर्माणमा चासो देखाएका हुन् ।
भेटमा चिनियाँ पक्षले आउँदो फेब्रुअरीसम्म नेपाली विमान चीन उडान गर्न दिने बताएको मन्त्री अधिकारीले बताए ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिअनुसार चीनले सहयोग गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
चीनले नुवाकोट दरबारको पुनःनिर्माणमा सहयोग गर्ने सहमति गरेको मन्त्री अधिकारीले जानकारी दिए ।
सोक्रममा चिनियाँ मन्त्रीले भूकम्पबाट क्षतिग्रस्त पाँचओटा सम्पदा क्षेत्र पुनःनिर्माण सकिएकामा खुसी व्यक्त गरेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्