
दुर्घटनामा चालक क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको छ ।
सो कार्गो विमान बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमकोटका लागि उडेकोे थियो ।
६ बजेर २७ मिनेटसम्म नेपालगन्ज टावरसँग सम्पर्कमा रहेको विमान त्यसपछि सम्पर्कविहीन भएको थियो । खराब मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ ।
दुर्घटनास्थल खार्पुनाथ सिमकोट विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिणपूर्व १२ हजार ८०० फिट उचाइमा अवस्थित छ ।
सो कार्गो विमानमा भएकाले चालक दलका दुईजना सदस्यमात्र थिए । विमान ११७० किलो सामान बोकेर सिमकोटका लागि उडेको थियो ।
जहाज सम्पर्कविहीन भएको सूचना पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीमा जुटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए ।
तर, हुम्लाका स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असइ, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्