१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कामीरिता शेर्पाले २२ औंपटक सगमाथा आरोहरण गरेर राखे विश्व रेकर्ड


0
Shares

बुधबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका हुन् ।

कामीरिताले आरोहणमा जानुअघि आफूले आप्पाको कीर्तिमान तोड्न नभइ काम र बाध्यताले जान लागेको बताएका थिए ।

पासाङल्हामु गाउँपालिका–५, थामे, सोलुखुम्बुका ४८ वर्षीय कामीरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढीपटक पाइला राख्ने आरोही बनेका छन् ।

कामीरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ गरेका थिए ।

कामीरिताले एकै वर्ष दुईपटकसम्म पनि सगरमाथाको सफल आरोहण गरेका थिए ।