२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सुन खरिद–बिक्रीमा पारदर्शी बन्न व्यवसायीलाई निर्देशन


0
Shares

पछिल्लो समय अवैध सुनचाँदीको कारोबार बढ्दै गइरहेको भन्दै केन्द्रीय बैंकका अधिकारीले यस्तो सुझाव दिएका हुन् ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बुधबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीबाटमात्र सुन खरिद गर्न आग्रह गरे ।

पारदर्शी एवं कानुनको परिधिभित्र रहेर खरिद–बिक्री गर्न आग्रह गर्दै उनले निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नसके व्यवासायीको मागअनुसारको सुनको कोटा बढाउनसकिने पनि बताए । व्यवसायीले सुनको कोटा बढाउन माग गर्दै आइरहेका छन् ।

कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राइले स्वदेशी रत्न, पत्थरको उत्खनन् र प्रशोधन गरेर निर्यात बढाउनुपर्नेमा जोड दिए ।

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आर्थिक समृद्धि हासिल गर्न व्यवसायीमैत्री नीति ल्याउनुपर्ने बताए ।

यस्तै, ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक सम्भावना भएका ठाउँको पहिचान गरी लगानीको वातावरण बनाउनुपर्ने बताए ।

महासंघका अध्यक्ष रमेश महर्जनले मुलुकको कुल वस्तु निर्यातमा १५ प्रतिशत योगदान आभूषण क्षेत्रले दिनसक्ने भन्दै त्यसका लागि राज्यले ठोस कदम चाल्नुपर्ने बताए ।

उनले उच्च प्रविधिको प्रयोगबाट स्वदेशी रत्न, पत्थरको उत्खनन् र प्रशोधन गरेर निर्यात गर्नसकिने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन आग्रह गरे ।