तनहुँ । तनहुँको ब्यास नगरपालिका–१३ आँपस्वाराका दलित समुदायका मानिस होमस्टे सञ्चालन गरेर व्यावसायिक बन्न थालेका छन् ।
दुई वर्ष अघिसम्म सामान्य दैनिकी गर्दै आएका यहाँका दलित समुदाय अहिले होमस्टे सञ्चालन गरेर व्यावसायिक बनेका हुन् ।
पर्यटन कार्यालय पोखरामा होमस्टे दर्ता गरेर नेपालकै पहिलो दलित होमस्टेको रुपमा आपस्वाँरा सामुदायिक दलित होमस्टे संचालन गरिएको होमस्टेका अध्यक्ष रेशम विकले जानकारी दिए ।
आप स्वाँराका १७ जना दलित समुदायका मानिस मिलेर होमस्टे सञ्चालन गरेका हुन् ।
होमस्टेमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा तालिम सञ्चालन गर्न सामुदायिक भवनसमेत निर्माण गरिएको छ ।
योसँगै ब्यास नगरपालिकामा पुग्ने पर्यटकको रोजाइ पनि होमस्टे बन्न थालेको छ ।
विभिन्न खोज अनुसन्धान गर्न एवं दलित समुदायको अवस्था बुझ्न पनि होमस्टे सहज बन्दै गएको छ ।
होमस्टे सुरु भएपछि स्थानीयलाई आयआर्जनमा सहयोग पुग्नुका साथै सरसफाईमा समेत सुधार आएको छ ।









प्रतिक्रिया दिनुहोस्