Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


ओलम्पिक महिला फुटबल छनोटमा आज नेपाल र बंगलादेश भिड्ने


0
Shares

काठमाडौं । ओलम्पिकका लागि महिला फुटबल छनोट चरणमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदका लागि एसिया क्षेत्रको महिला फुटबल छनोटको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।

म्यानमारमा जारी छनोट प्रतियोगिताबाट दोस्रो चरणमा प्रवेश गर्न नेपालले आज दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ ।

म्यानमारको याङगोनस्थित थुवान्ना रंगशालामा नेपाली समय अनुसार आज दिउँसो सवा दुई बजेबाट खेल सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल अपराजित टिम भए पनि स्पष्ट जित भने निकाल्न सकेको छैन ।

उसले भारत र म्यानमारसँग दुबै खेल १–१ गोलको बराबरीमा टुंग्याएको छ । बंगलादेश भने दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ ।

दुई खेलबाट ४–४ अंक जोडेका भारत र म्यानमार तालिकाको पहिलो र दोस्रो स्थाननमा रहेका छन् । तेस्रो स्थानको नेपालको २ अंक छ ।