Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


बुधबार देखि राजधानीमा १४औं हस्तकला प्रतियोगिता


0
Shares

काठमाडौं । १६ औं हस्तकला ब्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

नेपाल हस्तकला महासंघले यही कात्र्तिक २८ देखि मंसिर २ गतसम्म मा भृकृटी मण्डपमा मेला तथा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

मेलामा ६ वटा प्याभिलियन सहित स्वदेशी वस्तुको करिब १७० स्टल रहनेछ भने भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान लगायतका देशहरुको वस्तुका २० स्टल रहनेछ ।

मेलामा  काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया लगायतका सामग्री प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् ।

मेलाकै अवसरमा परम्परागत विधातर्फ मैनको मूर्ति निर्माण तथा समसामयिक विधातर्फ ढाका बुनाईको जीवन प्रस्तुति गरी प्रतिस्पर्धाको आयोजना समेत गरिनेछ । 

प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधाका ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा  प्रमाण पत्रबाट पुरस्कृत गरिने छ ।

प्रति विधा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार तथा तृतीयलाई २० हजार नगद राशीसहित प्रमाणपत्रबाट प्रदान गरिनेछ ।

व्यापारमेलामा हस्तकलाका विभिन्न वस्तुहरुको आगामी वर्ष २०१९/२० को  डिजाईन प्रक्षेपण गरी मेलामा प्रदर्शनी गरिने छ ।

साथै नेपालका विभिन्न भौगोलिक क्षेत्रहरुका प्रतिनिधित्व गर्ने भेषभुषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने छ ।

साथै व्यापार मेलमा सहभागि भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं बिकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेता र  विक्रेता फर्म कम्पनीहरु बीच मेला स्थलमा क्रेता बिक्रेता वैठक (बीटुबी) आयोजना गर्ने पनि आयोजकले महासंघले जनाएको छ भने कात्र्तिक २८ गते “दिगो विकास लक्ष्य २०३० मा हस्तकला उद्योगको भूमिका” विषयक गोष्ठी पनि आयोजना गरिनेछ  जुन राजधानीकै शंकर होटल, लाजिम्पाटमा आयोजना गरिने छ ।