काठमाडौं, कात्तिक २५ । आइतबार सुनको मूल्यमा कमी आयो ।
तिहारको बिदापछि आइतबार स्थानीय बजारमा छापावाल सुनको भाउमा तोलामा हजार रुपैयाँले कमी आएर तोलाको ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारसम्म ६० हजार रुपैयाँ तोलामा कारोबार भइरहेको सुनको मूल्यमा आइतबार उच्चदरले कमी आएको हो ।
यसदिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आइ तोलाको ७३० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्