Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


नेप्से र कारोबार दुवैमा उच्च गिरावट


0
Shares

काठमाडौं, कात्तिक २५ । तिहारको बिदापछि आइतबारबाट खुलेको सेयरबजारमा उच्च गिरावट आयो । नेप्से र कारोबार दुवैमा उच्च गिरावट आएको हो ।

नेप्से साढे १७ अंकले ओरालो लागेर १२ सय ५ अंकमा आएर थामियो । अनलाइन प्रणालीमा समस्या आएसँगै यसदिन कारोबारसमेत जम्मा १० करोड बराबरमा खुम्चिएको छ ।

यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आयो । वित्त र अन्य समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ४३ अंकले ओरालो लाग्यो । जीवनबिमा समूह पनि २९ अंकले घट्यो । वाणिज्य बैंक समूहमा २५ अंक अनि जलविद्युत् समूहमा पनि दोहोरो अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा जम्मा १२५ कम्पनीका ३ लाख १४ हजार कित्ता सेयर जम्मा ९ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।