
काठमाडौं, कात्तिक २५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो वर्षको दसैं र तिहारमा सुनको कारोबारमा कमी आएको जनाएको छ ।
यो वर्षको दसैं र तिहारमा सुनचाँदीको मूल्यवृद्धि भएका कारण कारोबारमा कमी आएको महासंघको भनाइ छ ।
अघिल्लो वर्षको दसैं र तिहारमा सुन ५६ हजार रुपैयाँ तोलामा कारोबार भएकामा यो वर्ष ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यो वर्ष दैनिक जम्मा २५ किलो बराबरमात्र सुनको कारोबार भएको जनाइएको छ ।
यसैगरी, चाँदी दैनिक २०० देखि २५० किलोसम्ममात्र कारोबार भएको महासंघले जनाएको छ ।
यो वर्षको दसैं र तिहारको धनतेरसको दिनमा केही उल्लेख्य कारोबार भएपनि अन्य समयमा भने कारोबार घटेको महासंघले जनाएको हो ।
यो वर्ष धनतेरसको दिन सुन ५० किलो र चाँदी ७०० किलो कारोबार भएको महासंघले जनाएको छ ।
यो वर्ष अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेको र सुनको मूल्यवृद्धि भएकाले कारोबार पनि घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
यो वर्ष दसैं र तिहारमा सुनको कारोबार दुई अर्ब रुपैयाँ बराबरको भएको र चाँदीको कारोबार भने २६ करोड बराबरको भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्