Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


नेपालको लगातार दोस्रो बराबरी, म्यानमारसित बाँड्यो अंक


0
Shares

काठमाडौं, कात्तिक २५ । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदका लागि एसियाली समूहको महिला फुटबल छनोटमा नेपालले लगातार दोस्रो बराबरी खेलेको छ ।

पहिलो खेलमा भारतसित १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा आइतबार आयोजक म्यानमारसित पनि १–१ कै बराबरी खेलेको हो ।

सावित्रा भण्डारीलाई म्यानमारकी खेलाडीले ‘डी बक्स’भित्र लडाएपछि पाएको पेनाल्टीलाई साबित्राले दोस्रो मिनेटमै गोलमा परिणत गरेकी थिइन् ।

नेपालले अग्रतालाई धेरैबेर टिकाउन भने सकेन । १४औं मिनेटमै म्यानमारले कर्नर प्रहारबाट बराबरी गोल गरेको हो ।

त्यसपछि भने दुवैतर्फबाट गोल हुन नसक्दा दुवै टिमले १–१ अंक बाँडे । 

यो बराबरीसँगै नेपालले दोस्रो चरणमा पुग्ने सम्भावना भने कायम राखेको छ ।

यो समूहबाट दुई खेल खेलको भारत र म्यानमारको समान ४/४ अंक छ । नेपालको २ अंक भएको छ । म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको थियो ।

भारतले आइतबारै आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ७–१ ले हरायो ।

अन्तिम खेलमा म्यानमार र भारतले बराबरी खेल्दा नेपालले बंगलादेशमाथि फराकिलो अन्तरको जित हासिल गरे अर्को चरण यात्रा पक्का गर्नेछ ।