Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


‘वर्ल्ड बुक रेकर्ड्स’मा पशुपति र लुम्बिनी


0
Shares

काठमाडौं, कात्तिक २५ । ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ले पशुपतिनाथ मन्दिर र लुम्बिनीलाई वर्ल्ड बुक अफ रेकर्ड्समा सूचीकृत गरिएको जानकारी दिएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनका अध्यक्ष सन्तोष शुक्ल र भारतका पूर्वमन्त्री कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै हिमालय बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेसनल एक्सिलेन्स अवार्ड’ प्रदान गरियो ।

त्यस्तै, नेपाली मौलिकतासहितको होटल सेवा प्रदान गरेको भन्दै होटल द्वारिकाजलाई ‘वर्ल्ड स्ट्यान्डर्डाइजेसन’को प्रमाणपत्र र वर्ल्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर सापकोटालाई आइटी क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै ‘एक्सिलेन्स अवार्ड’ प्रदान गरियो ।