काठमाडौं, कात्तिक २५ । चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको छ ।
नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीयसहित विभिन्न ८ टोलीले सहभागिता जनाउँदैछन् ।
८ टोलीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्र्रहरी बलको एपीएफ टिम, हेल्प नेपाल स्पोर्ट्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन स्पोर्ट्स क्लब, नयाँबजार स्पोर्ट्स क्लब काठमाडौं र मणि मुकुन्द क्लब बुटवल रहेका छन् ।
लिगका आधारमा हुने प्रतियोगिता पुस १ देखि ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्