२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘नीति तथा कार्यक्रम निराशाजनक’


0
Shares

राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्ने सदस्यले यही सोमबार संसदको दुवै सदनमा प्रस्तुत् गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्नेक्रममा त्यस्तो आग्रह गरेका हुन् ।

नेकपाका दीनानाथ शर्माले नीति तथा कार्यक्रममार्फत् सरकार समृद्धिको उद्देश्यसहित आएकाले ढुक्क भएर समर्थन गर्नुपर्ने बताए ।

उनले नीति तथा कार्यक्रममा सन्तुलित परराष्ट्रनीति र स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऊर्जा विकाससहितको स्पस्ट कार्यक्रम रहेको दावी गरे ।

नेपाली कांग्रेसका राधेश्याम अधिकारीले स्थानीय तहलाई बलियो बनाउने गरी बजेट ल्याउन आग्रह गर्दै केन्द्रिकृत शासन व्यवस्थाको मानसिकतामा आधारित भएर ल्याइएको नीति तथा कार्यक्रम निराशाजनक भएको बताए ।

सबै क्षेत्र छरेर ल्याएकाले नीति तथा कार्यक्रमलाई ‘क्याटी दस्तावेज’को संज्ञा दिँदै उनले नीति तथा कार्यक्रममा वातावरणलाई प्राथमिकता नदिएको बताए ।

यसैगरी, राष्ट्रियसभाका सदस्य नन्दा चापागाइँ, रामलखन चमार, रमेशजंग रायमाझी, जीवन बुढा, दिलकुमारी रावल थापा र अनिता देवकोटाले शिक्षा, स्वास्थ्य एवं जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयलाई बजेटमा स्पस्ट गरेर ल्याउन सरकारलाई आग्रह गरे ।

त्यस्तै, सदस्य बिना पोखरेल, कविता बोगटी, युट्रोल तामाङ, दुर्गाप्रसाद उपाध्याय, राजकुमार कुँवर, तारादेवी भट्ट र बलरामप्रसाद बाँस्कोटाले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै आन्तरिक स्रोतको पहिचान, संरक्षण र त्यसको सही सदुपयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

नीति तथा कार्यक्रममाथि सदस्यको धारणा राख्नेक्रम नसकिएकाले राष्ट्रियसभाको बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको छ । रासस