
फाइल तस्विर
बाराको सिमराबाट रौतहटको दुर्गाभगवती मन्दिरमा पूजा गर्न आएका उनलाई मन्दिर व्यवस्थापन समितिद्वारा अभिनन्दन गरिएको हो ।
दुर्गाभगवती गाउँपालिकास्थित दुर्गाभगवती मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रले करिब २४ मिनेट पूजा–अर्चना गरेका थिए ।
सो अवसरमा ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।
दुर्गामन्दिर पूजा समितिले तयार पारेको अभिनन्दनपत्र वाचन गरी पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिएको पूजा समितिका अध्यक्ष विनयकुमार झाले बताए ।
प्रतिक्रिया दिनुहोस्