
कम्पनीले स्वास्थ्य, शिक्षा, बैंकिङ, यातायात तथा राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रणी भूमिका खेल्ने बताइएको छ ।
यस कार्डको मद्दतबाट स्कुल, कलेजका लागि स्मार्ट आइडी कार्ड, विद्यालय, विद्यार्थी र शिक्षकबीच सीधा सम्पर्क गर्नसकिने कम्पनीले जनाएको छ ।
यस सेवाबाट अस्पताललाई ‘पेपरलेस’ बनाउन, बैंकिङ क्षेत्रका ग्राहकलाई सहजीकरण हुने जनाइएको छ ।
शुक्रबार राजधानीमा कार्डको शुभारम्भ गर्दै पूर्वऊर्जामन्त्री जनार्दन शर्माले आधुनिक समाज निर्माणका लागि यस प्रविधिले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
यस्तै, मालिका इन्कर्पोरेटका अध्यक्ष टिकाराम जोशीले ‘चिट’का भरमा सवारी चलाउने व्यवस्थाको अन्त्य गर्न यो प्रविधिले सघाउ पुर्याउने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्