Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


केरुङ-काठमाडौं रेलमार्ग निर्माणको डीपीआर दुई वर्षभित्र तयार हुने


0
Shares

नुवाकोट, जेठ १२ । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग निर्माण अध्ययनका लागि नेपाल र चिनियाँ प्राविधिक समूह अध्ययनमा जुटेका छन् ।

चिनियाँ राष्ट्रिय रेल्वे प्रशासन र नेपाल रेल्वे विभागअन्तर्गका प्राविधिक टोलीहरु पूर्वसम्भाव्यताअन्तर्गत काठमाडौंको टोखादेखि नुवाकोट-रसुवा हुँदै चिनियाँ सीमा नाका केरुङसम्मको रेखांकन, भौगर्भिक अवस्थाको अध्ययन तथा प्रत्यक्ष स्थलगत निरिक्षणका लागि संयुक्त रुपमा जुटेको रेल विभाग महानिर्देशक अनन्त आचार्यले जानकारी दिए ।

नेपाल र चिनियाँ प्राविधिक समूहद्धारा पहिलो चरणको संयुक्त अध्ययनपछि दोस्रो चरणमा तिब्बती प्लेट तथा उचाईलगायत नेपालतर्फको पहाडी चट्टान तथा माटोको भौगर्भिक परीक्षणसमेत गरी दुई वर्षभित्रमा डीपीआर तयार गर्ने लक्ष्य राखेको नेपाल रेल्वे बिभागले जनाएको छ ।

करिव एकसय किलोमिटर लामो केरुङ–काठमाडौं रेलमार्ग चिनियाँ सीमाना केरुङबाट नेपालको रसुवागढी-स्याफ्रुवेशी-नुवाकोटको त्रिशुलीबाट टोखा हुँदै काठमाडौंसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।