Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो


0
Shares

काठमाडौं महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ ओटा सटर भत्काइएको हो ।

धरहरा सन्चालनसम्बन्धी साइड वकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको नगरकार्यपालिका बैठकको निष्कर्षसहित यस क्षेत्रमा रहेका रेस्टुरेन्ट, पसल, टहराजस्ता भौतिक संरचना भत्काइएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

उनले भने–‘व्यवसायीलाई दुःख दिनु कामपाको उद्देश्य होइन, धरहरा पुनःनिर्माणको लागि खाली गर्नुपरेको हो ।’

टहरा, पसल, रेस्टुरेन्टमा प्रयोग भएका सामग्री हटाउन महानगरले शुक्रबार २४ घन्टे सूचना जारी गरेको थियो ।

सूचनाबमोजिम शनिबार बिहानैदेखि व्यापारीहरुले आ–आफ्ना सामान हटाउन थालेका थिए । रासस