२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


एम्बुलेन्स दुर्घटनाः घाईतेलाई अञ्चल अस्पताल रेफर गरियो


0
Shares

विनोद सिंह विष्ट/ईमेज:

बैतडी, जेठ १३ । बैतडीमा एम्बुलेन्स दुर्घटनामा परी घाईते भएका चारै जनालाई महाकाली अञ्चल अस्पताल कञ्चनपुरमा रेफर गरिएको छ ।

रेफर गरिने घाईतेहरुमा दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट ,४० बर्षीय देवदत्त भट्ट , १८ बर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ का २४ बर्षीय गोविन्द धामी रहेका छन् ।

घाईते चारै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा कञ्चनपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गईरहेको म १ झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको हो ।