१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चौलानी नदी किनारमा बेवारिसे शव फेला


0
Shares

बैतडी, जेठ १५ । चौलानी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गहुँगोरो वर्ण, ५ फिट ४ ईन्च उचाई, रातोमा कालो धर्सा भएको सर्ट, हरियो कट्टु लगाएको, शरीर पातलो, हल्का जुंगादाह्री पालेको, कालो कपाल, खैरो जुत्ता लगाएको अन्दाजी ४५ बर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव २/३ दिन पहिलाको जस्तो रहेको बताईएको छ ।

सोमबार साँझ ७ बजेतिर स्थानीयबासिन्दाले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।