२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से १४ अंकले झर्‍यो


0
Shares

नेप्से १४ अंकले झरेर १३ सय ७ मा आएर थामियो । व्यापार समूहबाहेक अरु सबै समूह ओरालो लागे ।

बिमा समूह सबैभन्दा उच्च ११५ अंकले झर्‍यो । उत्पादनमूलक समूह २५ अंकले ओरालो लाग्यो । होटल समूहमा २२ अंकको गिरावट आयो । लघुवित्त, वाणिज्य बैंक र विकास बैंक समूह पनि दोहोरो अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका ७ लाख बढी कित्ता सेयर जम्मा ३४ करोड ६० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।