काठमाडौं, कात्तिक २२ । विद्युतीय बत्तीहरुको कारोबार बढ्दै गएसँगै परम्परागत माटोका पालाको प्रयोगमा कमी आउँदै गएको छ ।
लोडसेडिङको अन्त्य भएको र बाल्न पनि सहज हुने भएकाले विद्युतीय बत्तीहरुको प्रयोग बढेको हो ।
यसकारण माटोबाट बनेका पालाहरुको प्रयोगमा कमी आएको उत्पादकहरु बताउँछन् ।
तर, असनबजारका केही व्यवसायीहरु भने माटोबाट बनेका पाला र अरु सामग्रीहरुको कारोबार पनि उल्लेख्य दरमा भइरहेको बताउँछन् ।
पाला, मूर्ति, कलशजस्ता माटोबाट बनेका सामग्रीहरुको व्यापार अहिलेपनि नघटेको उनीहरुको भनाइ छ ।
विशेषगरी पूजाका लागि प्रयोग हुने माटोबाट बनेका दियो, पाला, मूर्ति, कलशलगायतका वस्तुहरुको किनबेच तिहारका बेला धेरै हुने गर्दछ ।
माटोबाट बनाइने यस्ता माटोजन्य सामग्री पूजाका लागि शुद्ध पनि मानिन्छ ।
माटोबाट बनेका केही पाला तथा दियोहरु भारतबाटसमेत आयात हुने गरेको व्यापारी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्