
यसअघि, उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्रीमात्रै थिए भने मन्त्री बाँस्कोटा सन्चार तथा सूचना राज्यमन्त्री थिए । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसकेका छन् ।
शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् ।
समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले भण्डारीले शुक्रबारै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बाँस्कोटालाई राज्यमन्त्रीबाट बढुवा गरेकी हुन् ।
नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध छन् ।
यसअघि, सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्