
काठमाडौं, जेठ २० । देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक नेता सीपी गजुरेलले संघीयताले नेपाललाई कमजोर बनाउने बताएका छन् ।
आइतबार राजधानीमा गरिएको छलफल कार्यक्रममा उनले संघीयताको प्रयोग गलत तरिकाले भईरहेको बताए ।
कम्युनिष्टहरुको बहुमतको सरकार बने पनि देश दिन प्रति दिन कमजोर बन्दै गएको र फाँसीवाद बढ्ने खतरा देखिएको उनको ठहर थियो ।
कार्यक्रममा विभिन्न देशभक्त तथा गणतान्त्रिक शक्तिहरुलाई मिलाएर मोर्चा बनाइएको जानकारी पनि दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्