काठमाडौं, कात्तिक २१ । ‘भाइ’मसलाको मूल्य आकाशिएको व्यापारीहरुले नै बताएका छन् ।
यस वर्ष कर बढेसँगै यस्ता वस्तुको मूल्य पनि बढेको व्यापारीको भनाइ छ ।
ओखर, पेस्ता, काजु, किसमिस, नरिवललगायतका वस्तुहरुको मूल्य किलोमै २०० देखि ३०० रुपैयाँसम्म बढेको व्यापारी बताउँछन् ।
भाइमसलासहित अरु खाद्यान्न, लत्ताकपडाको भाउ पनि आकाशिएको उपभोक्ता बताउँछन् ।
सरकारले प्रभावकारी अनुगमन नगर्दा बजारमा व्यापारीले मनपरी मूल्य लिएको उपभोक्ताहरुको गुनासो छ ।









प्रतिक्रिया दिनुहोस्