२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुनर्निर्माणको काम फटाफट गर्न अर्थमन्त्री खतिवडाको निर्देशन


0
Shares

काठमाडौं, जेठ २३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुनर्निर्माणको अनुभूति हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

निजी आवास पुनर्निर्माणसम्बन्धी समस्या पहिचान र समाधान बिषयक काठमाडौं स्तरीय भेलामा उनले पुनर्निर्माणलाई गति दिन निर्देशन दिए ।

सरकारले निजी आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिएको र त्यसपछि स्वास्थ्य र शिक्षण संस्थाहरु पुनर्निर्माणको कार्यतालिका रहेको भन्दै सोहि अनुसार काम गर्नु पर्ने उनको भनाई थियो ।

एक बर्षभित्र निजी आवास पुनर्निर्माण गर्ने सरकारी घोषणा भए पनि अहिलेसम्म ३० प्रतिशत पनि काम नभएको भन्दै कानुनी प्रावधान र अप्ठ्यारोलाई सहजीकरण गर्दै काम गर्न सुझाव दिए ।

जनता आवास कार्यक्रम नयाँ योजनाबाट अगाडि बढाउने सरकारी योजना रहेको भन्दै छिटोछरितो गर्न निर्देशन दिए । पुनर्निर्माणका लागि कार्यविधिमा असजिलो भए हेरफेर गर्न सकिने पनि बताए ।

करदाताबाट उठाएको कर र विदेशी दातृनिकायबाट लिएको ऋणबाट पुनर्निर्माणको काम भईरहेकोले रकमको सदुपयोग गर्नले उनको निर्देशन थियो ।

कर बृद्धि नगर्दा अनुदान दिने रकम नपुग्ने भएकाले सरकारले कर बढाउनु परेको तर्क उनले गरे ।

भेलाले पुनर्निर्माणमा भएको प्रगति, आगामी योजना र समस्याका बारेमा छलफल गरी सुझाव दिने छ ।