२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डेढ करोडको लागतमा बिर्तामोडमा ढल निर्माण सुरु


0
Shares

एक करोड ४० लाख ६९ हजार ४०२ रुपैयाँको लागतमा ९८० मिटर लामो ढल निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष युवराज दाहालले जानकारी दिए ।

ढल निर्माणका लागि नगरपालिकाले एक करोड बजेट उपलब्ध गराएको र बाँकी ४० लाख ६९ हजार ४०२ रुपैयाँ बराबरको जनसहभागिता रहेको अध्यक्ष दाहालको भनाइ छ ।

ढल निर्माण आगामी मंसिर १५ गतेसम्म सकाइने जनाइएको छ ।

ढल निर्माणकार्यको बुधबार बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले उद्घाटन गरिन् ।