२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेप्से २५ अंकले झर्‍यो


0
Shares

नेप्से २५ अंकले झरेर १२ सय ५७ मा आएर थामियो । कारोबार भएका सबै समूह रातो रहे ।

बिमा समूहमा सबैभन्दा उच्च १७४ अंकको गिरावट आयो । होटल समूहमा ३९ अंकको कमी आयो । जलविद्युत् र लघुवित्त समूह ३५/३५ अंकले ओरालो लागे ।

विकास बैंक समूहमा २४ अंक र वाणिज्य बैंक समूहमा पनि २० अंकको कमी आयो । उत्पादनमूलक र अन्य समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।

कारोबार रकममा भने यसदिन अघिल्लो दिनका तुलनामा वृद्धि आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीका १४ लाख ४१ हजार कित्ता सेयर ४७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।