२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


स्थानीय तहमा चिकित्सक, कर्मचारीको अभाव छैन : स्वास्थ्य मन्त्रालय


0
Shares

चिकित्सक तथा कर्मचारीको अभाव नभएपनि तोकेअनुसारको काम भए/नभएकोबारे अनुगमन भने गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।

शुक्रबार हामीसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले प्रत्येक स्थानीय तहले आफूलाई चाहिने चिकित्सक र कर्मचारी आफैंले व्यवस्था गर्नसक्ने र थप चाहिएमा संघीय सरकारले व्यवस्था गर्ने बताए ।

सरकारले प्रत्येक स्थानीय तहमा आगामी पाँच वर्षभित्रमा कम्तीमा १५ शय्याको अस्पताल खोल्ने योजना अघि सारेको छ । त्यसका लागि थप चिकित्सक र कर्मचारीको व्यवस्था मन्त्रालयले गर्ने जनाएको छ ।

संघीय, प्रदेश र स्थानीय तहले लिने जिम्मेवारीक बारेमा भने थप छलफल गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।