१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


केही व्यक्ति र समूहले प्रदेश–केन्द्रबीच द्वन्द्व भएको भ्रम फैलाउन खोजे : प्रधानमन्त्री


0
Shares

शनिबार प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकारले प्रयत्न गर्ने उल्लेख गरे ।

जनताले बोल्न पाउने तर खान नपाउने अवस्था वास्तविक लोकतन्त्रमा नहुने टिप्पणी गर्दै केही व्यक्ति र समूहले प्रदेश र केन्द्र सरकारबीच साधन–स्रोतमा द्वन्द्व भएको भ्रम फैलाउन खोजेको पनि उनले बताए ।

प्रदेश सरकारलाई स्रोत–साधन सम्पन्न बनाउन केन्द्रीय सरकार प्रतिबद्ध रहेको बताउँदै प्रदेश सरकारलाई विकासे योजना ल्याउन उनले आग्रह गरे ।

यस्तै, क्रान्तिको नाममा मुलुकमा अशान्ति मच्चाउने र देशद्रोहीहरुलाई सरकारले नियन्त्रणमा लिने चेतावनी प्रधानमन्त्री ओलीले दिए ।