२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकार अधिनायकवादतर्फ उन्मुख : देउवा


0
Shares

डडेल्धुरा कांग्रेसको जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै सभापति देउवाले वाम गठबन्धन र पार्टी एकताका नाममा सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले अघिल्ला सरकारले गरेका जनहितकारी निर्णय कार्यान्वयन गर्नुको साटो खारेज गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरे ।

सभापति देउवाले कांग्रेसलाई बलियो बनाउन सबै कार्यकर्ता एक हुनुपर्ने भन्दै सबै तहमा सकारात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशनसमेत दिए ।