
नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित प्रि–कन्फरेन्स वर्कसपमा नेपालका विभिन्न स्थानहरुबाट करिब ६० जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिकारुपमा विकास गरी प्रत्येक नेपालीले आफूलाई स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने बताए ।
महतोले चिकित्सकहरुले अब नेपालीहरुलाई उपचारका लागि विदेश पठाउँदिन भन्ने संकल्प गर्नुपर्ने पनि बताए ।
नेपाल मेडिसिटी अस्पतालमात्र नभइ एक अभियान भउको भन्दै उनले अब नेपालीहरुको उपचार देशमै सम्भव बनाउने प्रयास आफूहरुले गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. निरा सिंहले फिजियोलोजीइन क्रिटिकल केयर अब्स्टेट्रिक्सकोबारेमा जानकारी गराएकी थिइन् ।
नेपाल मेडिसिटी अस्पतालको एनेस्थेसियोलोजी विभागका प्रमुख डा. अपूर्व शर्माले एसेसमेन्ट अफ क्रिटिकल्ली इल पेसेन्ट तथा कार्डियोलोजी तथा क्रिटिकल केयर विभागका प्रमुख डा. लवनर्सिङ्ग जोशीले कार्डियाकइभ्यालुएसनइन अब्स्टेट्रिक्सकाबारेमा जानकारी गराएका थिए ।
त्यसैगरी, नेपाल मेडिसिटी अस्पतालकै डा. दिप्तेश अर्यालले सेप्सिस एन्ड मल्टी अर्गान फेलुअर इन अब्स्टेट्रिक्स पेसेन्ट, रेडियो इमेजिङ विभागका प्रमुख डा. रामकुमार घिमिरेले रोल अफ इमेजिङ एन्ड सोनोलोजीइन क्रिटिकल्ली पेसेन्ट र मेडिकल इस्युज इन प्रेग्नेन्सीकाबारेमा नेपाल मेडिसिटी अस्पतालका पल्मोनोलोजिष्ट डा. सन्जितकृष्ण श्रेष्ठले जानकारी गराए ।
कार्यक्रमको दोस्रो चरणमा प्रयोगात्मक ज्ञान आदान–प्रदान गरिएको कार्यक्रममा रिसस्टिटेसन एन्ड हेमोडायलाईसिस म्यानेजमेन्ट, एअरवे म्यानेजमेन्ट एन्ड मेकानिकल भेन्टिलेसन, इमरजेन्सिजइन अब्स्टेट्रिक्स र इक्विपमेन्ट एन्ड टुल्सकाबारेमा बताइएको थियो ।
कार्यक्रममा नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिष्टका डा. गणेश दंगाल र डा. अमिरबाबु श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्