Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


रुकुमको चौरजहारी विमानस्थल पुनः सन्चालनमा


0
Shares

रुकुम, कात्तिक २० । रुकुमको चौरजहारी विमानस्थल पुनः सन्चालनमा आएको छ ।

झन्डै डेढ वर्षदेखि उडान रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले उडान सुरु गरेको छ ।

हप्ताको दुई दिन बुधबार र बिहीबार उडान नियमित हुनेगरी विमानस्थल सन्चालनमा ल्याइएको स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए ।

उनकाअनुसार बुधबार काठमाडौं–चौरजहारी–नेपालगन्ज तथा बिहीबार नेपालगन्ज–चौरजहारी–काठमाडौं उडान हुनेछ ।

उडान सुरु भएको मंगलबार पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित ८ जनाले नेपालगन्जसम्मको हवाईयात्रा गरेका छन् ।

हवाई सेवा पुनः सन्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुसी भएका छन् ।

यसअघि, नेपाल वायुसेवा निगमसित पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट चौरजहारी विमानस्थलको उडान बन्द गरिएको थियो ।

वि.सं. २०२८ सालबाट सन्चालनमा आएको चौरजहारी विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्ग कालोपत्र गरिएको थियो ।