तनहुँ, कात्तिक २० । तनहुँको मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ ।
मादी नदी जलबिहार गर्न सुरक्षित भएकाले पर्यटकको आकर्षण बढेको हो । पछिल्लो समय मादी नदीमा दैनिक ५० देखि एक सयजनासम्म पर्यटक जलबिहार गर्न आउने गरेका छन् ।
मादी नदी हुँदै केही पर्यटक घुमाउने गएर एकरात बस्ने गरेका छन् भने केही चितवन जाने गरेका छन् । सौराहा घुम्नका लागि पोखराबाट प्याकेज बनाएर हिँडेका विदेशी पर्यटक प्रायः चितवनसम्म जलबिहार गर्दछन् ।
जलबिहार गर्न आउने धेरै जसो पर्यटक जर्मनी, न्यूजिल्यान्ड, कोरियालगायतका मुलुकका हुने गरेका छन् । पोखरा आउने पर्यटक पनि पृथ्वीराजमार्ग हुँदै मादी नदीमा जलबिहार गर्न पुग्ने गर्दछन् ।









प्रतिक्रिया दिनुहोस्