१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


हुम्लामा विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा


0
Shares

सिमकोटबाट नेपालगन्जसम्मको भाडादर ५ हजार २९० बाट ७ हजार १९० रुपैयाँ कायम गरिएपछि हुम्लाबाट विरोध जनाइएको हो ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत् जेठ २९ गते जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा धर्ना, जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, जेठ ३१ गते सिमकोट बजार बन्द गर्ने, असार १ गते नागरिक उड्डयन कार्यालय, सिमकोटको गेटमा कालोपट्टि बाँधी धर्ना दिने र असार २ गते नागरिक उड्डयन कार्यालय, सिमकोट बन्द गर्ने कार्यक्रम रहेका छन् ।

आन्दोलनकारीहरुले पहिलो चरणमा माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।